१० भाद्र २०८३, बुधबार
Header

प्रतिनिधि सभाको बैठक १० दिन स्थगित हुने


प्रकाशित: बुधवार, ७ चैत्र २०८०, १७ः२० बजे 
- महानगरखवर

काठमाडौं । प्रतिनिधि सभाको बैठक १० दिनका लागि स्थगित गरिएको छ । 


सभामुख देवराज घिमिरे सहित दलका प्रमुख सचेतकहरू अन्तरव्यवस्थापिका संघ (आइपियू) को बैठकमा सहभागी हुन बिहीबारस्वीट्जरल्याण्ड प्रस्थान गर्ने कार्यक्रम छ ।

 
कार्यक्रमा सहभागी हुन सभामुख घिमिरे सहित नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय सभा सांसद गंगा बेलबासे स्वीट्जरल्याण्ड जाने भएको हो । 


यस्तै, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय, प्रवक्ता एकराम गिरी, संसदको अन्तर्राष्ट्रिय शाखाका प्रदिप गुरागाईं र सभामुख घिमिरेका स्वकीय सचिव तेज प्रकाश भट्टराई पनि साथै जानेछन । 


संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसरा बैठक सकेर भ्रमण टोली १६ गते फर्किने भएकोलेसंसद बैठक चैत १८ गतेसम्मका लागि स्थगित भएको हो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex