काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको सरकार ‘असंवैधानिक’ भएको दाबी गर्दै एउटा रिट र संसद् विघटनविरुद्ध दुईवटा रिट दर्ता भएका छन ।
‘रिट अध्ययनकै क्रममा छ । अध्ययनपछि बाँकी प्रक्रिया अघि बढ्छ,’ प्रवक्ता कोइरालाले बताए ।
यसअघि पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको प्रकरणमा सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गरेको थियो ।
तर यस पटक परिस्थिति फरक छ । यो पटक सबै राजनीतिक दलहरूको समर्थनमा र ओलीकै सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका चुनावी प्रधानमन्त्रीविरुद्ध रिट परेको हो ।
Categorized in राष्ट्रिय