१२ भाद्र २०८३, शुक्रबार
Header

प्रतिनिधिसभा विघटनपछि विपक्षीहरुको दौडधुप सुरु 


प्रकाशित: शनिवार, ८ जेठ २०७८, ११ः२० बजे
- अजय खड्गी

काठमाडौं । शुक्रवार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी नेताहरुको दौडधुप सुरु भएको छ । 


कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता माधव कुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा नेता उपेन्द्र यादव र बाबुराम भट्टराईको विघटनविरुद्ध कस्तो कदम चल्ने भन्ने विषमया बैठक सुरु भएको छ । 


प्रधानमन्त्री पदमा केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दावी नपुगेको भन्दै राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन । 


प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुने घोषणा गरेकी छिन । 

 


त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो ।


धारा ७६(७) मा भनिएको छ, उपधारा ९५० बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महीनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।’


राष्ट्रपतिले संविधानको धारा ७६९५० अनुसार प्रधानमन्त्री नियुक्तिका लागि संसदको विश्वासको मत प्राप्त गर्ने आधार पेश गर्न आह्वान गरेपछि ओली र देउवाले दाबी पेश गरेका थिए ।


देउवाले आफ्नो दल कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले माधव नेपाल समूहका २६, जसपा उपेन्द्र यादव समूहका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्तिका लागि दाबी गरेका थिए । ओलीले भने एमालेका १२१ र जसपाका ३२ सांसदले आफूलाई साथ दिने दाबी गरेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex