काठमाडौं । निर्वाचन अयोगले समानुपाति निर्वाचन प्रणालीमा परिणामको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
बुधवार आयोगको कार्यलयमा पत्रकार सम्मेलन गरी मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिक मत परिणाम सहित निर्वाचितहरुको औपचारिक घोषणा गरेका हुन ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेयालका अनुसार प्रतिनिधिसभा तर्फ २७५ र प्रदेशसभातर्फ ५५० गरी कुल ८२५ जना निर्वाचित भएका छन ।
प्रतिनिधिसभा १८४ जना पुरुष र ९१ जना महिला, प्रदेशसभा तर्फ ३५० पुरुष र २२० महिला निर्वाचित भएका छन ।
आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान छ ।
सोही बमोजिम यही मंसिर २९ गते राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोगले जनाएको हो ।
यसैगरी आगामी पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणाम सहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुखहरूसमक्ष आयोगका पदाधिकारीहरूबाट प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम छ ।
Categorized in राष्ट्रिय