काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक अन्तिम सिट संख्या सार्वजनिक गरिएको छ ।
प्रतिनिधिसभाका लागि ११० सिट र प्रदेशसभाको लागि ३३० सिटमा आयोगले राजनीतिक दलहरुले पाएको मत अनुसार सिट संख्या विभाजन गरिएको हो ।
बुधबार दिउँसो आयोगले सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधि र प्रदेश सभा समानुपातिकतर्फ सबैभन्दा धेरै सिट नेकपा (एमाले) ले पाएको छ ।
एमालेले प्रदेश सभामा ७० सहित १०४ सिट पाएको छ । उसले प्रतिनिधि सभामा ३४ सिट पाएको छ ।
दोस्रोमा रहेको नेपाली कांग्रेसले प्रतिनिधि सभामा ३२ सिट पाएको छ भने प्रदेश सभामा ६४ सिट सहित ९६ सिट पाएको छ ।
नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २९ सहित ४३ सिट जितेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा १३ सिट पाएको छ । प्रदेश सभामा रास्वपाले भाग लिएको छैन ।
आयोगले सार्वजनि गरेको सुचिः–

Categorized in राष्ट्रिय