काठमाडौं । प्रतिनिधिसभाको १५ दिनमा ५ दिनमात्रै बैठक बस्ने गरी क्यालेण्डर सार्वजनिक गरिएको छ ।
क्यालेन्डरअनुसार असार १६ गतेदेखि ३१ गतेसम्म पाँच वटा बैठक कहिले र कुन विषयमा बस्नेबारे उल्लेख छ ।
आइतबारको बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, भन्सार महसुल विधेयक पास गर्ने क्यालेन्डर अनुसार प्रतिनिधि सभाको बैठकले तीन वटै विधेयक पास गरिएको छ ।
सोमबार बिहान ११ बजे बस्ने बैठकमा शून्य समय चल्नेछ । शून्य र विशेष समयमा विगतमा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यकतालिका रहेको छ ।
त्यसैगरी, मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रम चलाउने, जलस्रोत विधेयक २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने, बैैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक दफावार छलफलका लागि सम्बन्धित विषयगत समितिमा पठाउने उल्लेख छ ।
क्यालेण्डर अनुसार सोमबार नै प्रतिनिधि सभामा लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि दफावार छलफल गर्ने र पारित गर्ने विषय पनि छ ।
त्यसैरी, असार २३ गते बस्ने बैठकमा शून्य समय चल्नेछ । शून्य र विशेष समयमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने, विधायन सम्बन्धी विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।
असार २४ बस्ने बैठकमा शून््य समय, विशेष समय चलाउने, शून्य र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिने, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।
असार २५ गते सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।
Categorized in राष्ट्रिय