काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन ।
नेपाली कांग्रेसकी सासद भुसालले १४८ मत पाई उपसभामुखमा निर्वाचित भएकी हुन । उनको प्रतिस्पर्धी एमालकी सांसद विद्या भट्टराईले ९३ मत प्राप्त गरिन ।
शुक्रवार भएको मतदानमा संसदमा उपस्थित २४२ संसदमध्ये एक जना तटस्थ बसेका थिए ।
२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो ।
अर्घाखाँची पोखराथोककी पुष्पा भुसाल २०२८ सालदेखि राजनीतिमा आवद्ध छिन ।
Categorized in राष्ट्रिय