काठमाडौं । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करण धनगढीमा चैत १७ गतेदेखि सञ्चालन हुने भएपछि सुनको जुत्ताको चर्चा यतिखेर चुलिएको छ ।
आज राजधानीमा आयोजक धनगढी क्रिकेट एकेडेमीले पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार ‘मोस्ट भ्यालुएबल प्लेयर’ लाई सुनको जुत्ता दिइने घोषणा गरेपछि सुनको जुत्ताले सबैको ध्यान तानेको छ ।
गोल्डस्टार जुत्ताको उत्पादक किरण शुज म्यानुफ्याक्चरर्ससँग प्रायोजन सम्झौता गरेपछि गोल्डस्टारले रुस्लान डिपिएललाई प्रायोजन गरेबापत १६ लाख सहयोग गर्ने भएको छ । जसमा ९ लाख नगद र बाँकी अन्य सहयोगको रूपमा रहने सो पत्रकार सम्मेलनमा वताईएको थियो ।
Categorized in राष्ट्रिय