१४ बैशाख २०८१, शुक्रबार
Header

प्रतिकार्य क्षमता बढाउन विपद्को तालिम


प्रकाशित: आईतवार, ११ श्रावण, २०७७, १७ः०० बजे
- महानगरखबर

ललितपुर । ललितपुरमा आईतवार प्रारम्भिक दु्रत लेखाजोखा तालिम आयोजना गरिएको छ ।


शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण र प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले फ्रेन्ड्स सर्भिस काउन्सिल नेपालले युएनडिपीको सहकार्यमा सो तालिम सञ्चालन गरेको हो  । 


तालिमको आयोजना गरिएको कार्यक्रमका सहायक अधिकृत अभिषेक ओझाले ललितपुर महानगरपालिका– १६ र १९ मा सञ्चालन भइरहेको बहुप्रकोपीय जोखिममा रहेका शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण गर्ने कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गरिएको बताए । 


तालिमको शुरुआतमा ललितपुर महानगरपालिका– १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले तालिमबाट विपद् जोखिमको पहिचान, मापन, आवधिक विश्लेषण र विपद्प्रतिको जनचेतना अभिवृद्धि गरी स्थानीयस्तरमा प्रतिकार्य कार्य अघि बढाउन तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । 


वडाअध्यक्ष शाक्यले भने, ‘आपतकालीन समयमा चुस्त प्रतिकार्यका लागि स्थानीय तहले प्रभावकारी पूर्वतयारी गर्दै झनै राम्रो परिस्थिति निर्माणको प्रत्याभूति गराउनु अहिलेको सर्वाधिक ठूलो आवश्यकता हो ।’


सो तालिममा युएनडिपीका प्रतिनिधि हिमाल ओझाले तालिमका सहभागीहरुलाई यी विषयको प्रस्तुतीबाट विपद् जोखिमको बुझाई, प्रतिकार्य क्षमता अभिवृद्धिमा सघाउने विश्वास व्यक्त गरे । 


पहिलो चरणको तालिममा महिला समूह, विपद्मा कार्यरत युवा, नेपाल प्रहरी, नगर प्रहरी, दमकलका र विभिन्न टोल सुधार समितिका प्रतिनिधि गरी २५ जनाको सहभागिता रहेको छ । 


सहभागीहरुलाई समूह छलफल, प्रश्न उत्तर, प्रयोगात्मक अभ्यास र विभिन्न श्रव्यदृश्यको माध्यमबाट तालिम दिइएको छ । 


तालिम अवधिभर विपद्, नेपालमा विपद्, विपद् व्यवस्थापन चक्र, विपद् जोखिम व्यवस्थापन सम्बन्धी ऐन, कानून संघीय सरकारदेखि स्थानीय तहसम्म विपद्को संरचना र जिम्मेवारी, आधारभुत्त मानवीय सहयोग र मापदण्ड विपद् लेखाजोखा निर्देशिका परिचय र महत्व र प्रकारबारे सम्बद्ध व्यक्तिले आफ्नो प्रस्तुती राख्ने छ । 


१९ वडालाई लक्षित गरी दोस्रो चरणको तालिम भने यही साउन १३ गते मंगलबार शुरु हुने सहायक अधिकृत ओझाले जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD