१७ बैशाख २०८१, सोमबार
Header

प्रचण्डलाई दिएको समर्थन कांग्रेसले फिर्ता लियो 


प्रकाशित: मंगलवार, २२ फागुन २०८०, १९ः४० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ ।


मंगलवार कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । 


बैठकमा सहभागी उपसभापति धनराज गुरूङले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिए । 


सोमवार नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले कांग्रेससँगको सहकार्य तोडेर नयाँ समीकरण बनाएपछि कांग्रेसले सो निर्णय लिएका हुन । 


उपसभापति गुरूङले राजनीतिक चलखेल र प्रवृत्तिले गर्दा गठबन्धन परिवर्तन भएको सुनाए । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD