७ बैशाख २०८१, शुक्रबार
Header

प्रचण्डको प्रस्तावः केन्द्रीय सदस्यहरु काठमाडौंमा बस्न नपाउने


प्रकाशित: शुक्रवार, १६ पुस २०७८, १७ः४० बजे
- महानगरखबर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय सदस्यहरु काठमाडौंमा बस्न नपाउने प्रस्ताव राखेका छन । 


माओवादीको जारी आठौ महाधिवेशन प्रस्ताव गरेको प्रस्ताव पारित भए प्रतिनिधि सभा सांसदबाहेक केन्द्रीय सदस्यहरू जिम्मेवारी लिएका क्षेत्र (गाउँ) मै जानुपर्ने हुन सक्छ ।


साथै प्रचण्डले तीनै तहका निर्वाचनपछि पार्टीले विशेष महाधिवेशन गर्न सक्ने पनि बताएका छन । उनले पार्टीका दस्तावेजहरूमा पूर्वीय दर्शन र बुद्धका कतिपय प्रगतिशील विषय समेट्ने पनि बताएका थिए ।


प्रचण्डले महाधिवेशनमा राखेको राजनीतिक प्रस्तावमाथि माओवादीले २५ समूह बनाएर छलफल गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD