२७ जेठ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

प्रकाश दीपको ३ वटा गीति संग्रह सार्वजनिक


प्रकाशित: आईतबार, २६ फागुन २०७५, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । ४ दशकदेखि सक्रिय रहँदै आउनु भएका गीतकार प्रकाश दीपको एकल रचनामा चौबन्दी चोलो, गोरी गोरी अलि काली काली र परदेशी दाजै गीति संग्रह सार्वजनिक गरिएको छ ।


चौवन्दी चोलो गीति संग्रहमा मुक्ति एण्ड रिभाइभलको चौवन्दी चोलो गीतका साथै अनिल शाक्य, विरेन शाक्य, शम्भु राई, गोपाल श्रेष्ठ, नविन कार्की, सत्यनारायण प्रजापति, मदनसिँह नेपालीको संगीत संग्रहित छन् भने मुक्ति शाक्य, शम्भु राई, गोपाल श्रेष्ठ, रवि खनाल, नविन पञ्चकोटी, थुप्टेन भुटिया, नरेन्द्र प्यारी, स्वयम्भुराज शाक्य तथा धनुषा सिँहद्वारा स्वर समेटिएको छ । 


जेम्स प्रधानको एकल संगीतमा जेम्स प्रधानको नेपालभाषाको लोकप्रिय गीत ‘धेधेचुल पासा’  साथै आश्विन दाहाल, एन्जेला सिँह, श्रृजना श्रेष्ठ, रोशन तण्डुकार, सुदिप श्रेष्ठ, रवि खनाल, नरेश श्रेष्ठको आवाज संग्रहित छ । 


परदेशी दाजै गीति संग्रहमा भने सचिन सिँह, बीएम सिँह, कराजन, जेम्स प्रधान, भूपेन्द्र रायमाझी, मदन परियार, सुशील विश्वकर्माको संगीतमा सृजना श्रेष्ठ, रजनी प्रधानाङ्ग, सविता मालाकार, एन्जेला सिँह, जुनु श्रेष्ठ, सपनाश्री र भीमा सिँहले स्वर दिएका छन् । 
जनकवि दुर्गालाल श्रेष्ठ, वरिष्ठ संगीतकर्मी प्रेमध्वज प्रधान र गीतकार आनन्दरत्न बज्राचार्यले गीति संग्रह लोकार्पण गर्नुभएको हो । 


कार्यक्रममा गजलकार भूषणप्रसाद श्रेष्ठ, संगीतकार जूगल डंगोल, गीतकार आनन्दरत्न बज्राचार्य तथा संगीतकार जेम्स प्रधान अतिथिका रुपमा उपस्थित थिए । 


रवि खनाल, ऐन्जिला सिँह, गोविन्द ह्यूमतले गीतकार प्रकाश दीपका एल्बममा संग्रहित तथा नयाँ गीत सुनाएको यो कार्यक्रममा गीति संग्रहमा गीतका गायक, संगीतकार एवं अन्य सहयोगीहरुलाई सम्मान गरिनुका साथै उपहार समेत प्रदान गरिएको थियो । 


सुरजवीर बज्राचार्यले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम गीतकार प्रकाश दीप र अनु श्रेष्ठ वैवाहिक वन्धनमा बाँधिएको ३० बर्षको प्रवेशको अवसरमा आयोजना गरिएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex