५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

प्यूठान बस दुर्घट्नामा मृत्यु हुने सबैको सनाखत


प्रकाशित: आईतबार, ३० बैशाख २०७५, १२ः४८ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । आईतबार विहान प्यूठानको बड्डाँडा नजिक यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएको ५ मध्ये ५ को सनाखत भएको प्रहरीले जनाएको छ ।

 
मृत्यु हुनेमा बस चालक कञ्चनपुर महेन्द्रनगरका २६ वर्षीय बिरु चौधरी, प्यूठान गौमुखी गाउँपालिका–१ अर्खाकी १६ वर्षीय हीरा टमाटा, प्यूठानकी २६ वर्षीय सरिता शर्मा, गौमुखी गाउँपालिका–३ रजबाराका २२ वर्षिय हरी मल्ल र कञ्चरपुर कृष्णपुर गाउँपालिका–२ की सरीता चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 
महेन्द्रनगरबाट प्यूठानतर्फ आइरहेको माहाकाली यातायातको ना ४ ख ८१७६ नम्बरको बस आइतबार बिहान ३ बजेतिर दुर्घटनामा परेको थियो भने दुर्घट्नामा परि २५ जना घाइते भएका छन् ।

 
घाइेतेहरुमध्ये १६ जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ भने ९ जनालाई बुटवललगायतका अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।


नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको टोली खोज तथा उद्धार कार्यमा सक्रिय रहेको प्रहरीले बताएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex