८ बैशाख २०८१, शनिबार
Header

प्यान अनिवार्यमा सरकार लचिलो नभए देशव्यापाी आन्दोलनको चेतावनी


प्रकाशित: विहिवार, १६ साउन २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले चालु आर्थिक बर्षदेखि ल्याएको कर सम्बन्धी प्रावधानले व्यवसायी मारमा परेको भन्दै सरकारलाई लचिलो हुन आग्रह गरेको छ ।


नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लागु गरेको प्यान अनिवार्यमा सरकारको लचकता खोजेको छ । बुधबार महासंघको कार्यसमिति बैठकमा अधिकांश सदस्यले सरकार लचिलो नभए हड्तालमै जानुपर्ने राय दिएका दिएका छन ।  


महासंघले सरकारसँग पारिश्रमिकमा प्यान अनिवार्य गर्दा १० हजारभन्दा माथि हुनुपर्ने, उद्योग र भन्सार परिसरबाट निस्किएका मालवस्तुमा मात्र भीसीटीएस लागु गर्नुपर्ने माग राखेको छ । 


त्यसैगरी खरिद बिलमा १० हजारभन्दा माथिको भए मात्र प्यान बिल अनिवार्य हुनुपर्ने अडान राख्ने निर्णय गरेको छ । 


सरकारद्धारा गठित कार्यदलमा व्यवासायी र सरकारको प्रतिनिधि आ–आफ्नै अडान रहेको कारण कर प्रावधानमा सुधार गर्ने छाँटकाँट नदिएपछि व्यवसायी सडक आन्दोलनमा जाने तयारीमा देखिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD