काठमाडौ । एक्काईस दिनदेखि बेपत्ता पोखरा महानगरपालिका महाशाखा प्रमुख ओमराज पौडेलको शव शनिबार बिहान तनुहस्थित सेती नदीको किनामा भेटिएको प्रहरीले जनाएको छ ।
महाशाखा प्रमुख पौडेल असार ९ गते बिहान पोखराबाट हराएका प्रहरी तथा आफन्तजनले बताएका छन् । भटिएको शव फुलेको, गलेको अवस्थामा रहेको तर उनको ‘आफन्त तथा परिवारले शवको पहिचान गरिसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार असार ९ गते बिहानै घरबाट हिँडेका पौडेलले महेन्द्रपुलस्थित सेती नदीमा हाम फालेको जनाएका थियो ।
पौडेलले आत्महत्या गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको सञ्चारमाध्यमहरुलाई जानकारी दिएका छन् ।
Categorized in समाज