४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

पोखरा महानगरपालिकाको गाडी आगजनी


प्रकाशित: शनिवार, १९ माघ २०७५, ११ः२० बजे
- महानगरखबर

काठमाडौं । अज्ञात समूहले पोखरा महानगरपालीकाको गाडीमा शनिवार विहान आगजनी गरेको छ ।

 
प्रहरीका अनुसार महानगरपालिका वडा नं. ७ मासबारमा गुडिरहेको गाडीमा आगो लगाईदिएको हो । 


महानगरपालिका शिक्षा विभागको बा १ झ ५८७९ नम्बरको सरकारी गाडीमा सो समूहले आगो लगाई भागेको प्रहरीले जनाएको छ । आगलागीबाट गाडी पूर्णरूपमा क्षति भएको छ ।


स्कुटरमा आएका दुई जनाले सो गाडीमा आगो लगाउँदै शनिवार पनि सरकारी गाडी चलाउने भनेको र पेट्रोल छर्केर आगो लगाई भागेको प्रहरीको भनाई छ ।  


आगो लगाउने दुई जनालाई प्रहरीले खोजीकार्य तिव्र बनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex