काठमाडौं । पोखरा बेलुन विस्फोटमा बेलुनमा हाइड्रोजन ग्यास भर्ने एक जनलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी अनुसार पक्राउ पर्ने भारतीय नागरिक ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
फागुन ३ गते भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा हाइड्रोजन भरिएको बलुनमा ब्यानर टाँगेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट उडेको आगोको झिल्कोले बलुन बिस्फोट हुँदा उपप्रधान एवम अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए ।
अर्थमन्त्री पौडेल सोमबार डिस्चार्ज भएका छन् भने पोखराका मेयर आचार्य अझै केही दिन अस्पतालमै बसेर उपचार गर्नुपर्ने चिकित्सकहरूले बताएका छन् ।
उक्त घटनाका विषयमा गृहमन्त्री रमेश लेखकले कास्कीका सिडिओ भरतमणि पाण्डेको संयोजकत्वमा छानबिन समिति बनाएको छ ।
पक्राउ परेका कमलेससँग हाइड्रोजन उत्पादनदेखि बलुनमा भर्ने लगायतका प्रक्रिया र यस विषयमा कानुनी व्यवस्था हेरेर कारबाही सिफारिस गर्ने प्रहरीको तयारी छ ।
19 Ferbury 2025, Wednasday
Categorized in समाज