काठमाडौं । पोखरामा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले प्रर्दशन गरेको छ ।
रास्वपा नेता कार्यकर्ताले रत्नचोकहुँदै वाइ चोकमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।
आज सभापति रावि लामिछाने म्याद थपको लागि अदालत लगिने भएपछि रास्वपाका कार्यकर्ताहरु सभापति पक्राउ विरोधमा प्रदशर्नमा उत्रिएको हो ।
सभापति लामिछाने पक्राउ परेदेखि नै राजनीतिक पूर्वाग्रह राखिएको भन्दै रास्वपा नेता, कार्यकर्ताले विरोध प्रदर्शन गर्दै आएका छन ।
पूर्वगृहमन्त्रीसमेत रहेका सभापति लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका हुन । उनलाई प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याएको हो ।
Categorized in राष्ट्रिय