२८ आश्विन २०८३, बुधबार
Header

पोखरामा प्रदेशको नामांकन विषयमा नारा जुुलुस बढेपछि निषेधित क्षेत्र घोषणा


प्रकाशित: आईतबार, ६ जेठ २०७५,१०ः०५ बजे
- आईतबार, २७ जेठ २०७५, २१ः०० बजे

काठमाडौं ।  प्रदेश नं. ४ को नामको बिषयलाई लिएर विभन्न जाति तथा संघ, संस्थाबाट दिनानुदिन नाराजुलुस बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरास्थित प्रदेशसभा सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।


प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले आईतबार एक सुचना जारी गरी  पोखरा लेखनाथ महानगरपालिका–३ स्थित साविकको नगर विकास प्रशिक्षण केन्द्रको पूर्व नदीपुर चोक, उत्तरतर्फ पृथ्वीनारायण क्याम्पस जाने मार्गको सिमलको रुख, दक्षिणमा अधिकारी टोल, पश्चिममा बागबजारतर्फको परिसरभन्दा १०० मिटर परसम्मको चार किल्ला क्षेत्रलाई निषेधित क्षेत्र घोषित गरिएको हो ।


त्यसैगरुी महानगरपालिकाको वडा नं ७ स्थित उत्तर फिर्के चौतारो, दक्षिण संघीय प्रहरी इकाई कार्यालय र सडक डिभिजनको चोक, पूर्वमा कोष तथा लेखा नियन्त्रकको कार्यालयको प्रवेशद्वार, पश्चिम प्रदेश प्रहरी कार्यालय क्षेत्रभित्र सोमबारदेखि भेला हुन, विरोध प्रदर्शन गर्न, जुलुश ¥याली गर्न नपाउने गरी स्थानीय प्रशासन ऐनअनुसार आदेश जारी गरिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
kmc 28 wada bharam
maharjan complex