काठमाडौं । बाटोमा हिडिरेहको पैदलयात्रु जोगाउन खोज्दा उदयपुरमा एक टयाक्टर दुर्घट्नमा परि २ जनाको घट्नास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।
जिल्लाको लिङपिङगुङ–४ बलाम्ताको मैसङ्खामा गए राति १० बजे ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक सोही स्थानका २२ वर्षीय सुनिल राई र २५ वर्षीय पवन राईको घटनानस्थलमैै मृत्यु भएको हो ।
दुर्घट्नमा परि स्थानीयवासी विश्व राई, पुनम राई, सविना राई, शोनी राई, बुनु राई र मनिषा राई गम्भीर घाइते भएको स्थानीय वासीले बताए । हाल उनीहरुको विराटनगरको नोबेल अस्पतालमा उपचार भईरहेको छ ।
स४३प २३७३ नंको ट्याक्टर बलाम्ताको माझखर्कबाट गाउँतर्फ झर्दै गर्दा बाटोमा हिँडिरहेका यात्रु पवन राईलाई जोगाउने प्रयासमा ट्याक्टरले उनैलाईसमेत किचेर सडकबाट २५ मिटर तल खसेको थियो ।
Categorized in समाज