७ बैशाख २०८१, शुक्रबार
Header

पेट्रोल व्यवसायीको आन्दोलन स्थगित


प्रकाशित: शनिवार, १९ चैत्र २०७८, २२ः०० बजे
- महानगरखबर

काठमाडौं । शनिवार पेट्रोल व्यवसायी र नेपाल आयाल निगमविच चार बुँदे सहमति भएको छ । 


माग सम्बोधन गरिने सहमति भएपछि पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने गरी गरेको सबै आन्दोलन व्यवसायीले स्थगित गरेका हुन ।


व्यवसायीले राखेका मागमध्ये पेट्रोलियम बिक्रेता कमिसनसम्बन्धी र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागबारे सात दिनभित्र ठोस निष्कर्ष निकालिने सहमति भएको छ ।


त्यसैगरी अन्य मागका बारेमा १५ जेठसम्ममा पूरा गर्ने गरी काम गर्ने सहमति भएको छ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल एलपी ग्याँस उद्योग संघ र नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघले सबै विरोधका कार्यक्रम फिर्ता लिएका छन 


ढुवानी व्यवसायीको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुन सक्ने भन्दै शुक्रबार र शनिबार काठमाडौंका पेट्रोल पम्पहरुमा उपभोक्ताको लामो लाइन लागेको थियो ।

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD