१२ बैशाख २०८१, बुधबार
Header

पेट्रोल र डिजेलमा विकास कर बढ्यो


प्रकाशित: विहिवार, १५ फागुन २०७६, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । सरककारले पट्रोल र डिजेलमा पूर्वाधार विकास कर बढाएको छ । 


अब पेट्रोल, डिजेल र हवाइ इन्धनमा १० रुपैयाँ विकास कर लिइनेछ । यस अघि ५ रुपियाँ लिदै आएको थियो । मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकले पूर्वाधार विकास करको दर बढाएको हो । 


अर्थमन्त्री डा. युवराज खतिवडाले विहिववार मन्त्रिपरिषद्को निर्णय सुनाउन गरेको नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन । 


सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भन्दै पेट्रोल र डिजेलमा पाँच रुपैयाँ पूर्वाधार विकास कर लिन थालेको थियो ।


अहिलेसम्म ४१ अर्ब रुपैयाँ भन्दा बढी रकम जम्मा भइसकेको छ भने अब कर बृद्धि भएपछि डेढ अर्ब रुपैयाँ संकलन हुने अनुमान गरिएको छ ।

 

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३÷७४ को बजेटमा पूर्वाधार विकास कर दिने व्यवस्था मिलाएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD