२४ बैशाख २०८१, सोमबार
Header

पेट्रोल र डिजेलको मूल्य घट्यो, कहाँ कति ?


प्रकाशित: शनिवार, ३ चैत्र २०८०, ०८ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।


शनिवार दिउँसो एक बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेल दुई रूपैयाँ घटाएको निगमले बताएको छ ।


शुक्रवार साँझ निगमले जारी गरेको विज्ञप्ती अनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ १७१ रूपैयाँ प्रतिलिटर पर्नेछ ।


त्यस्तै डिजेल र मट्टीतेल १५८ रूपैयाँ पर्नेछ ।


त्यसैगरी, चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी अब पेट्रोलको भाउ १६८ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १५५ रूपैयाँ ५० पैसा पर्नेछ ।


सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ १७० रूपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टीतेल १५७ रूपैयाँ पर्नेछ ।


भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।


आइओसीले हरेक महिना पन्ध्र/पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD