१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

पेट्रोल र डिजेलको मूल्यमा बृद्धि


प्रकाशित: बुधवार, १७ पुस २०८१, ०९ः१० बजे
- महानगरखवर

काठमाडौं । नेपाल आयल निगमले मंगलवार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ । 


निगमको सञ्चालक समितिले बढाएको मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँले मूल्य बढाइएको छ ।


त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ १५ रुपैयाँले मूल्य घटाइएको छ । 


नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ भने काठमाडौं र दिपायल क्षेत्रमा डिजेल लिटरको १५३ रुपैयाँ पर्नेछ । 


पेट्रोल सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ । डिजेल सुर्खेत र दाङ क्षेत्रमा १५२ रुपैयाँ र अरु क्षेत्रमा १५० रुपैयाँ ५० पैसा पर्नेछ ।


1 January 2025, wednasday

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex