काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ ।
निगमले एक विज्ञप्ती जारी गरी बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा चार रूपैयाँ बढाएको हो ।
निगमका अनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ १५९ रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल र मट्टीतेल लिटरको १५१ रूपैयाँ पर्नेछ ।
त्यसैगरी, चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ १५६ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । डिजेल र मट्टीतेल लिटरको १४८ रूपैयाँ ५० पैसा पर्नेछ।
त्यसैगरी, सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १५८ रूपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टीतेल लिटरको १५० रूपैयाँ पर्छ ।
Categorized in बजार