१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

पेट्रोल र डिजेलको मूल्यमा बृद्धि, ग्यासको मूल्य घट्यो


प्रकाशित: मंगलवार, १६ साउन २०८०, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । 


निगमले मंगलार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर रु ९ र डिजेल– मट्टितेलमा ७/७ रुपियाँ बढाएको छ । 


नयाँ मुल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर रु १७३ र डिजेल– मट्टितेल रु १५३ रुपियाँ पुुगेको छ । 


निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो ।


त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय ३० रुपैयाँ घटेको छ । 


खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १६६० रुपैयाँ पर्नेछ । भारतबाट नयाँ मूल्य आएलगत्तै निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरेको जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex