काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले पनि गाडी भाडा बढाउन माग गरेको छ ।
व्यवसायीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर चैत तेस्रो हप्तासम्म यातायातको भाडा बढाउन आग्रह गरेको छ ।
पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइसकेकोले गाडी भाडा बढाउन माग गरेको व्यवसायीले बताएका छन।
नेपाल राष्ट्रिय यातायात महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले मन्त्री नेम्वाङलाई भेटेर चैत तेस्रो हप्तासम्म भाडा नबढाए आफूहरु सवारी साधन थन्क्याउन बाध्य हुने बताएका छन ।
Categorized in राष्ट्रिय