काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको छ ।
नयाँ मूल्य चैत २० गते बिहानैदेखि लागू हुने निगमले जनाएको छ ।
नयाँ मूल्यसूची अनुसार तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ ।
यसअघि यहाँ पेट्रोल १८७ रुपैयाँमा उपलब्ध थियो। । त्यस्तै डिजेल र मट्टितेलको मूल्य १६७ रुपैयाँबाट बढेर १८२ रुपैयाँ पुगेको छ ।
पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १८४ रुपैयाँबाट बढेर १९९ रुपैयाँ ५० पैसा पुगेको छ ।
डिजेल तथा मट्टितेलको मूल्य पनि १६४ रुपैयाँ ५० पैसाबाट बढेर १७९ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
यस्तै दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोलको मूल्य १८६ रुपैयाँबाट बढेर २०१ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १६६ रुपैयाँबाट बढेर १८१ रुपैयाँ पुगेको छ ।
मूल्य समायोजनपछि पनि निगमलाई आगामी १५ दिनमा करिब ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ ।
विज्ञप्तीः

Categorized in बजार