१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

पेट्रोल ढुवानीमा सहमति जुटेसँगै आजैबाट पम्पहरुमा तेल पाइने


प्रकाशित: सोमवार, ३ असार २०८१, १६ः३० बजे
- महानगरखवर

काठमाडौं । सरकार र आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायी विच सहमति भएको छ । 


सोमवार नेपाल आयल नियमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरी १५ दिनभित्र मजदुरका माग सम्बोधन गर्ने भएको छ । 


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा व्यवसायी र सरकारविच ४ बुँदे सहमति भएको हो । 


सहमति पत्रमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टराई र नेपाल पेट्रोलियम टयांकर चालक संघका तर्फबाट ईश्वर लामाले हस्ताक्षर गरेका छन । 

 


सहमति भएसँगै थानकोट डिपोबाट अब निजी पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको आपूर्ति हुने नेपाल आयाल निगमले जनाएको छ ।  अहिले पेट्रोलियम पदार्थ आपूर्ति नहुँदा काठमाडौंमा सवारी सधानको लामो लाइन देखिएको छ । 


शनिवारदेखि नै पेट्रोलियम ढुवानी व्यवसायीहरुले ७ बुँदे माग राखी आन्दोलनमा उत्रेका थिए । आइतबारदेखि नै काठमाडौंका निजी पेट्रोल पम्पले पेट्रोल वितरण बन्द गरेका थिए ।


मजदुरहरूले सबै ट्यांकर चालकरसहचालक मजदुरको श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसार तलबको व्यवस्था गर्न माग गरेका छन ।


स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्न समेत माग गरिएको छ ।


टेम्प्रेचरको सही व्यवस्थापन गरिनुपर्ने, सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्ने, ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनुपर्ने रहेको छ ।

 
त्यसैगरी, चालक र सहचालकलाई जोखिम भत्ताको व्यवस्था गरिनुपर्ने, चालक तथा सहचालकलाई प्रत्येक ३ महिनामा सुरक्षा सतर्कता तालिमको व्यवस्था गरिनुपर्ने माग समेत गरिएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex