१० बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु १५ बढ्यो


प्रकाशित: बुधवार, ११ चैत २०८२, २१ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । 


निगमले बुधबार साँझ सार्वजनिक गरेको सूचनाअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य बढाइएको हो ।


नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६९ रुपैयाँ ५० पैसाबाट बढेर १८४ रुपैयाँ पुगेको छ । 


डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका लागि १४९ रुपैयाँ ५० पैसाबाट बढेर १६४ रुपैयाँ ५० पैसा पुगेको छ ।

 
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रलाई समेटेको छ ।


दोस्रो वर्गका लागि १८६ रुपैयाँ र तेस्रो वर्गका लागि १८७ रुपैयाँ कायम गरिएको छ ।


त्यस्तै दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ ।


निगमले  दोस्रो वर्गमा सुर्खेत र दाङ रहेका छन भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायललाई समावेश गरिएको छ ।


नयाँ मूल्यवृद्धिसँगै उपभोक्तामा थप आर्थिक भार पर्ने देखिएको छ ।


विज्ञप्तीः

 


 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex