१६ चैत्र २०८०, शुक्रबार
Header

पेट्रोल, डिजेलको मूल्य बढेपनि निगम घाटामा 


प्रकाशित: सोमवार, २३ चैत्र २०७७, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यमा प्रति लिटर २ रुपियाँ बृद्धि गरेको छ । 


आईतवार रातीदेखिनै लागु हुने गरी पेट्रोलको मूल्य  १२० र डिजेल÷मट्टितेलको १०३ रुपियाँ कायम भएको छ । 


गत चैत ३ गते मात्र निगमले मूल्य बढाएको थियो । इन्डियन आयल कर्पोरेसनबाट १ अप्रिल २०२१ मा प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन गरेको हो ।


खाना पकाउने ग्याँस तथा हवाई इन्धनको बिक्री मूल्यमा भने बृद्धि गरएको छैन । 


निगम अझै घाटामा 


मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ७.३९ रुपैयाँ, डिजलमा प्रति लिटर १.९४ रुपैयाँ रहेको निगमले जनाएको छ ।  ग्याँसमा प्रतिसिलिन्डर ४१८.४७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।


१५ दिनमा निगमलाई ८८ करोड घाटा हुने र ग्याँसमा मात्रै पाक्षिक रुपमा ६०.१३ करोड घाटा रहेको निगमले बताएको छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD