काठमाडौं । टयांकर चालकहरुको आन्दोलनले पेट्रोलियम पदार्थमा आफुर्तिमा असहज अवस्था देखिएपछि नेपाल आयाल निगमले कोटा प्रणाली लागु गरेको छ ।
निगमले नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएशनलाई पत्राचार गरी तोकिए अनुसार तेल वितरण गर्न निर्देशन दिएको छ ।
निगमका अनुसार मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर, अन्य हल्का सवारी साधन कार, भ्यान, आदीलाई बढीमा १५ लिटर पेट्रोल, डिजेलबाट चल्ने छोटो दुरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दुरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म डिजेल उपलब्ध गराउन भनिएको छ ।
त्यसैगरी अति आवश्यक सवाराी सधान एम्बुलेन्स, स्कुल बस तथा सरकारी सवारी साधनलाई उच्च प्राथमिकताका साथ पेट्रोलियम पदार्थको विक्रि वितरण गर्न निर्देशन दिइएको छ ।
हिजोदेखि काठमाडौंका पेट्रोल पम्पहरुमा सवारी साधानको लाईन लाग्न थालेका छ । पेट्रोलको हाहाकार हुने हल्ला चलेपछि सर्वसाधारण पेट्रोल पम्पहरुमा लाईन बस्न थालेका हुन ।
पेट्रोलियम पदार्थको ढुवानीको मुख्य नाका रक्सौल डिपोबाट २ असोजदेखि एक थोपा इन्धन भित्रिएको छैन । रक्सौल डिपोबाट इन्धन आयात रोकिने बित्तिकै काठमाडौंमा सबभन्दा बढी प्रभाव देखिने गरेको छ ।
टयांकार चालकहरुले बढेको पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै आएको छ ।
Categorized in बजार