७ भाद्र २०८३, आइतबार
Header

पेट्रोल–डिजेलको मूल्य घट्यो


प्रकाशित: मंगलवार, ३१ असार २०८२, २१ः४० बजे
- महानगरखबर

काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य घटाएको छ । 


मंगलबार राति एक विज्ञप्ति जारी गर्दै निगमले नयाँ मूल्य बुधबार बिहान १ बजेदेखि लागू हुने जनाएको हो ।


नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर पाँच रूपैयाँ घटाइएको छ भने डिजेल र मट्टीतेलमा एक रूपैयाँ कटौती गरिएको छ ।

 
मूल्य घटाउने निर्णय भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त पछिल्लो मूल्यसूचीका आधारमा गरिएको निगमले जनाएको छ ।


आयल निगमले तीन वर्गमा विभाजन मूल्य निर्धारण गरेको छः


पहिलो वर्गः चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी


(पेट्रोलः १५७।५० रूपैयाँ, डिजेल/मट्टीतेलः १४५।५० रूपैयाँ)


दोस्रो वर्गः सुर्खेत र दाङ


(पेट्रोलः १५९ रूपैयाँ, डिजेल/मट्टीतेलः १४७ रूपैयाँ)


तेस्रो वर्गः काठमाडौं, पोखरा र दिपायल


(पेट्रोलः १६० रूपैयाँ, डिजेलरमट्टीतेलः १४८ रूपैयाँ)


नेपालले अन्तर्राष्ट्रिय बजारबाट कच्चा तेल आफैँ नकिन्ने भएकाले मूल्य निर्धारण मुख्यतया भारतीय आयल कर्पोरेसन (आईओसी) को मूल्य सूचीमा निर्भर रहन्छ । 


आईओसीले अन्तर्राष्ट्रिय बजारको कच्चा तेलको लागत, प्रशोधन शुल्क र ढुवानी खर्च जोडेर नेपालका लागि मूल्य निर्धारण गर्छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex