१९ बैशाख २०८१, बुधबार
Header

पेट्रोलिय पदार्थको मूल्य घट्यो, ठाउँ अनुसार फरक मुल्य


प्रकाशित: सोमवार, १ माघ २०८०, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  


मंगलवार विहान एक बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मुल्य एक रुपियाँ घटाएको हो । 


निगमले सोमबारर विज्ञप्ति जारी गरी भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो । 


नयाँ मुल्य अनुसार काठमाडौंमा काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ १६६ रूपैयाँ प्रतिलिटर पर्छ भने डिजेल र मट्टीतेल १५६ रूपैयाँ पर्नेछ ।


त्यसैगरी, चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोलको भाउ १६३ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५३ रूपैयाँ ५० पैसा पर्नेछ।


त्यस्तै दसुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ १६५ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५५ रूपैयाँ पर्नेछ ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD