काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा सोमबार भारतमा विपक्षी कांग्रेसलगायतका दलले भारत बन्द आव्हान गरेको छ ।
पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मुल्य बृद्धि भईरहेको बेला आईतबार पेट्रोल प्रति लिटर १२ पैसा र डिजेलमा १० पैसा बढाएको छ ।
भारतको केही राज्यमा पेट्रोल प्रतिलिटर ८० रपियाँ पुगेको छ । राजधानी दिल्लीमा पेट्रोल प्रति लिटर ८०.५० रुपियाँ छ भने डिजल ७२.६० पैसा रहेको छ ।
विहारमा पेट्रोलमा मुल्य यो बन्दा बढी हुने गरेको छ ।
सोमबारको बन्द आव्हान बारे कांग्रेस महासचिव शकिल अहमदले मुल्य बृद्धिले जनता आजित भएकोले आजको बन्दमा आमजनताको व्यापक सहभागिता हुने बताएको छ ।
विपक्षी दल आरडेजी, बापन्थी दल र उत्तर प्रदेशको विपक्षीदलहरुको सहभागीता हुने कांग्रेसले जनाएको छ ।
Categorized in बजार