२२ बैशाख २०८१, शनिबार
Header

पेट्रोलियम पदार्थको मूल्यबृद्धीको विरोधमा काठमाडौंमा प्रदर्शन


प्रकाशित: विहिवार, ६ माघ २०७८, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । विहिवार पेट्रोलियम पदार्थको मूल्यबृद्धीको विरोधमा काठमाडौं पद्रर्शन भएको छ । 


विद्यार्थीहरुले काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रदर्शन गरेका हुन  । उनीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै मूल्यबृद्धि फिर्ता गर भन्दै लेखिएको प्लेकार्ड बोकी प्रदर्शनमा उत्रेका थिए । 


नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलामा प्रतिलिटिर ३/३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको छ । 


अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ ।


त्यसैगरी आन्तरिक हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रतिलिटर १०६ रुपैयाँ कायम गरिएको छ ।


निगमले यस अघि निगम अझै पनि घाटामा रहेको जनाउँदै आएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD