१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

पेट्रोलियम पदार्थको मुल्य घट्यो


प्रकाशित: आईतबार, ३ असार २०७५, २२ः०२ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बृद्धिलाई लिएर नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संगठनले दैनिक जसो आन्दोलन गरिरहेको बेला सरकारले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ ।


इण्डियन आयल कर्पोरेशन (आइओसी) ले जुन १५ मा पठाएको मूल्य अनुसार नेपाल आयल निगमले आइतबार रातीदेखि लागु हुने गरि पेट्रोलमा रु ३ र  डिजल तथा मट्टितेलको मूल्य रु २ घटाएको छ ।


अब उपभोक्ताले पेट्रोल १ सय १० रुपैयाँ र डिजल ९३ रुपैयाँ लिटरमा खरिद गर्न पाउनेछन् ।

 
नयाँ मूल्य अनुसार निगमलाई पेट्रोलमा प्रति लिटर ६२ पैसा र डिजलमा लिटरमा २ रुपैयाँ ४३ पैसा घाटा हुने निगमले जनाएको छ ।

 
निगमलाई १५ दिनमा ७ करोड ८४ लाख रुपैयाँ घाटा हुनेछ । आइओसीले प्रत्येक १५ तारिखमा पेट्रोल, डिजल र मट्टितेलको मूल्य र १ तारिखमा सबै पेट्रोलियम पदार्थको मूल्य पठाउने गर्छ । 


 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex