७ बैशाख २०८१, शुक्रबार
Header

पेट्रोलियम पदार्थको खपत घटाउन सवारीमा जोर–बिजोर प्रणाली लगाउन निर्देशन


प्रकाशित: बुधवार, २५ फागुन २०७८, २०ः२० बजे
- महानगरखबर

काठमाडौं । प्रतिनिधि सभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पेट्रोलियम पदार्थको खपत घटाउन निर्देशन दिएको छ । 


समितिको बुधवार वसेको बैठकले सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्नेदेखि इन्धन बिक्रीमा कोटा तोक्ने सरकारलाई निर्देशन दिएको हो ।


त्यसैगरी भारतीय सवारी साधनलाई नेपालमा इन्धन भर्न रोक लगाउनेसम्मको उपाय अबलम्बन गर्न समितिले भनेको छ । 


समिति सभापति बिमल श्रीवास्तवले बढ्दो मूल्यकै कारण पेट्रोलियममा दैनिक सवा अर्ब रुपैयाँ बाहिरिन थालेपछि खपत घटाएर अर्थतन्त्र जोगाउन यस्ता निर्देशन दिइएको बताए । 


महंगोमा किन्ने तेलको सहज उपलब्धताका कारण दुरुपयोग भएको भन्दै समितिले पम्पहरुलाई मुठ्ठी कसेर तेल विक्री गर्न पनि सरकारलाई निर्देशन दिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD