१४ बैशाख २०८१, शुक्रबार
Header

पेट्रोलियम ढुवानी रोक्ने व्यवसायीहरुको चेतावनी


प्रकाशित: विहिवार, २९ साउन २०७९, २०ः२० बजे
- महानगरखबर

काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः पेट्रोल ढुवानी रोक्ने चेतावनी दिएका छन । 


ढुवानी भाडा वृद्धिको माग राखेर आन्दोलन गर्दै आइरहेको व्यवसायहीले भाद्र १ गतेसम्म ढुवानी भाडा बृद्धि नगरे २ गतेबाट अग्रिम ढुवानी अनुमति नलिने र अन्य आन्दोलनका कार्यक्रम बताएका छन ।


महासंघले सोमवार एक विज्ञप्ती जारी गरी नेपाल आयाल निगमसँग ३ बुँदे माग प्रस्तुत गरेका छन । 


गत २१ साउनदेखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेर फिर्ता लिएको थियो । 


निगमले सहमति पालना नगरेपछि व्यवसायीहरु पुनः आन्दोलित हुन बाध्य भएको महासंघका अध्यक्ष खगेश्वर बोहोराले बताएका छन । 


महासंघले हालको ढुवानी भाडामा ट्रक र ट्यांकर चलाउन नसकिने भन्दै सम्पूर्ण खर्च गर्नेगरी निगम आफैंलाई ट्यांकर चलाउन पनि आग्रह गरिएको छ ।


बढेको इन्धनको भाउअनुसार ढुवानी भाडा नबढेको भन्दै ट्रक ट्यांकर व्यवसायीहरु गत वर्ष देखि नै आन्दोलित छन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD