१५ बैशाख २०८१, शनिबार
Header

पेट्रोलियम डिलर्स एशोसिएसनको नेतृत्वमा प्रधान


प्रकाशित: आईतवार, २१ चैत्र २०७७, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्ष पदमा लिलेन्द्र प्रसाद प्रधान विजयी भएका छन ।


अध्यक्ष प्रधान तेस्रो पटक बिजय भएका हुन । एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा सुनिल कुमार गुरुङ, प्रथम उपाध्यक्षमा ई.विनोद कुमार चौरसिया र द्वितीय उपाध्यक्षमा सुनिल कुमार बिड्ला निर्विरोध निर्वाचित भएका छन । 


यसैगरी महासचिवमा विश्व प्रसाद अर्याल, कोषाध्यक्षमा चतुर्भुज सरिया, सचिवमा हिमाल गैरे र सहसचिवमा श्याम बुढाथोकी विजयी भएका छन ।


अध्यक्षको लागि प्रधान र नवीन श्रेष्ठ प्यानलसहित चुनावमा उत्रिएका थिए । प्रधान ३०२ मतसहित विजयी हुँदा श्रेष्ठले ४३ मत मात्रै पाए ।


एशोसिएसनको ४२ साधारणसभा तथा राष्ट्रिय अधिवेशनबाट प्रधान प्यानल निर्वाचित भएको हो । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD