१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

पेट्रोलियन पाईपलाईनको साउनमै उद्घाटन गरिने


प्रकाशित: शुक्रवार, १० साउन २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । बहुप्रतिक्षित पेट्रोलियन पाईपलाईनको उद्घाटन साउन महिनैमा गरिने भएको छ ।


नेपाल– भारत पेट्रोलियम पाईपलाईनको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आ–आफ्नै देशबाट स्वीच अन गरेर उद्घाटन गर्ने द्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । 


दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइनको उद्घाटन नेपाली पक्षको लागि चासो र चर्चाको विषय बनेको छ । 


यस अघि भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनको साउन २ गते सफल परिक्षण सम्पन्न गरिसकिएको छ । 


पाइपलाइनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्दछ भने सो पाइपलाइनबाट तत्काल प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने नेपाल आयल निगमले जनाएको छ ।


भारतले आफ्नो क्षेत्रको पाइपलाइनको सुरक्षा रेखदेख ड्रोन क्यामेरामार्फत गर्ने बताएको छ भने नेपालले पनि आफ्नो भूमीको पाईपलाईनको सुरक्षाको लागि आवश्यक तयारी गरेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex