१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

पेट्रोलियन पाईपलाईनको परिक्षण, असारमसान्तबाट सञ्चालनमा


प्रकाशित: सोमबार, ९ असार २०७६, ११ः२० बजे
- महानगरखवर

काठमाडौं । सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनको परिक्षण गरएको छ ।  जमीनमुनि ओछ्याउने काम सकिएपछि पाईपलाईनमा पानी हालेर परिक्षण गरिएको थियो । परिक्षण सफल भएकोले संभवत असारमसान्तबाट सञ्चालनमा आउने अधिकारीहरुले बताएका छन । 


परीक्षणको क्रममा नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनका प्राविधिकको संयुक्त टोलीले भारतको मोतिहारीबाट सो पाइपलाइनमा पानी पठाएर गरेको परीक्षण सफल भएको थियो । 


नेपालको लाइफ लाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७०.२ किलोमिटर लम्बाइको सो पाइप लाइन बिछ्याउने काम पूर्णरुपमा सम्पन्न भएको छ ।  


यो दक्षिण एशियाको पहिलो क्रसबोर्डर पेट्रोलियम पाइपलाइन हो ।  पहिलो खेपमा भारत विहारको राजधानी पटनाबाट मोतिहारी रक्सौल हुँदै अमलेखगञ्जसम्म डिजल ल्याउने पेट्रोलियम पाइपलाइन विस्तार आयोजना सिमराका इञ्जिनियर शरद पौडेलले जानकारी दिए ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex