८ बैशाख २०८१, शनिबार
Header

पेट्रोलियन पाईपलाईनको आज औपचारिक उदघाटन, प्रतिघन्टा २ लाख लिटर तेल झर्ने


प्रकाशित: मंगलवार, २४ भाद्र २०७६, ०९ः३० बजे
- महानगरखवर

काठमाडौं । बहुचर्चित नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजना मंगलावर औपचारिक उद्घाटन हुने भएको छ । 


पेट्रोलियन पाईपलाईनको प्रधानमन्त्री ओलीले सिंहदरवारबाट र भारतीय प्रम नरेन्द्र मोदीले दिल्लीबाट स्वीच अन गरेर परियोजनाको उद्घाटन गरिने कार्यक्रम रहेको छ । 


भारतीय प्रम मोदीले हैदरावादबाट भिडियो कन्फ्रेन्समार्फत स्वीच थिचेपछि बरौनीमा तेलको पाइप ‘अन’ हुन्छ र त्यसप्छि सिंहदरबारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले रिसिभ स्वीच थिचेर भारतबाट पठाइएको तेल स्वीकार गरिने छ । 


भारतको मोतिहारीबाट बाराको अमलेखगन्जसम्म बिछ्याइएको पाइपलाइन परियोजनाको उद्घाटन मध्याहृन १२ बजे हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।


यस अघि संयुक्त रुपमा सफल परीक्षण गरिएको थियो । पाइपबाट झारेको तेल बोतलमा थापेर बरौनी डिपो प्रमुखले नेपाल आयल निगमका प्रमुखलाई हस्तान्तरण गर्नेछन । त्यसलाई निगमका प्रमुखले भण्डारगृहमा खन्याउनेछन । 


भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनबाट नियमित तेल डिपोमा जम्मा हुन थाल्नेछ ।


उक्त पाइपलाइनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्दछ । पाइपलाइनबाट तत्काल प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने नेपाल आयल निगमले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD