काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढाइएको हो ।
बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
निगमका अनुसार तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ कायम गरिएको छ भने डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ पुगेको छ ।
दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१ रुपैयाँ र डिजल–मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा र डिजल–मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।
निगमले अमेरिका–इजरायल–इरानबीच बढेको अन्तर्राष्ट्रिय तनावका कारण पेट्रोलियम पदार्थको मूल्य बढाउनुपरेको जनाएको छ ।
निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस विषम परिस्थितिबीच नेपाल आयल निगम लिमिटेडले बाध्यतावश पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढाउनुपरेको छ। यसबाट आम उपभोक्ता तथा सरोकारवालामा पर्ने असरप्रति निगम सचेत र संवेदनशील छ ।”
विज्ञप्तीः


Categorized in बजार