२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

पेट्रोलमा रु १, डिजेल र मट्टितेलमा रु २ बढ्यो


प्रकाशित: आईतबार, ३ भाद्र २०७५, २१ः३९ बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 


निगमले बढाएको मुल्य अनुसार पेट्रोलको मुल्य १११ रुपिया र डिजेल मट्टितेलको रु ९५ रुपियाँ पुगेको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताएको छ ।

 
निगमलाई यो मूल्य समायोजनपछि पनि महिनामा १४ करोड ४२ लाख घाटा हुने गरेको छ । यस अघि महिनामै ६० करोड घाटा हुने अवस्था थियो ।


यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १.५९ रूपैया र डिजेलमा ३.४९ रूपैयाँ घाटा छ । मुल्य नबढाइए पनि ग्यासमा प्रतिसिलिन्डर २८० रुपैयाँ घाटा छ ।


निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४.५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिहजार लिटर ५० डलर रुपैयाँ बढाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex