१६ चैत्र २०८०, शुक्रबार
Header

पेट्रोलको मूल्य रु १० घट्यो, ग्यासमा घटेन


प्रकाशित: शुक्रवार, २० जेठ २०७९, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ ।


बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १०÷१० रुपैयाँले घटाउने निर्णय गरेको हो । 


निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १५३ रुपैयाँ पर्नेछ ।


अर्थ मन्त्रालयले पूर्वाधार कर घटाएर सो निर्णय भएको प्रवक्ता उपाध्यायले बताए । सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो । 


खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD