काठमाडौं । १९७ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवशको अवसरमा राष्ट्रवादीहरुले पश्चिम नेपालमा गएर पृथ्वी जयन्ती भव्य रुपमा मनाउँदै राष्ट्रवादी आन्दोन गर्ने घोषणा गरेका छन ।
जनस्तरबाट गठित नागरिक मूल समारोह समिति पश्चिमाञ्चल संयोजक एवं प्रखर राष्ट्रवादी नेता साथै कपिलबस्तु जिल्लाको वरिष्ठ राष्ट्रवादी व्यक्तित्व, राजावादी नेता शिव नारायण गिरी ज्यूको सभापतित्वमा आयोजित कार्यक्रममा राष्ट्रवादी नेताहरुले पृथ्वीनारयाण शाहको योगदान, पूर्व राजा विरेन्द्र र ज्ञानेन्द्रको चर्चा गरेका थिए ।
नागरिक मूल समारोह समितिका सह–अध्यक्ष कपिलमान खड्गीको प्रमुख आतिथ्यमा भएको सो समारोहलाई आयोजक समितिका सदस्य दिनेश भारतिले राष्ट्रिय एकता दिबसको कार्यक्रममा सहभागीहरूलाई स्वागत गरेका गरेको सो कार्यक्रममा एकता दिवशका प्रतिक पृथ्वीनारायण शाहको सम्झनामा एक मिनेट मौन धारण गरेका थिए ।
सो कार्यक्रममा पश्चिमाञ्चलका नेता शिवनारायण गिरीले आगामी फागुन महिनाको अन्त्य तिर हिन्दू अधिराज्य स्थापनाको लागि हिन्दू सम्मेलनको आयोजना गर्ने चर्चा गरे ।
उनले राजा ज्ञानेन्द्रले देशको हितमा धेरै कार्य गर्न चाहेतापनि विदेशीहरूको इशारामा राजालाई घेरावन्दीमा पारे । अब त्यो घेरावन्दी जनबलले तोड्नु पर्छ भन्नु बताएका थिए ।
प्रमुख अतिथि कपिलमान खड्गीले राजा ज्ञानेन्द्रबाट राजधर्म र राजकर्म ननिभाएको भए देश वर्वादीको अवस्थामा पुग्ने बताए । 
प्रमुख अथिति खड्गी राष्ट्रिय एकता दिबस मानेर मात्र हुन्दैन, ११८ जातिय एकता कसरी कायम गर्ने भन्ने विषयमा सबैको ध्यान जानु पर्ने बताए । त्यसको लागि एक पटक दलको झण्डा छोडेर राष्ट्रिय झण्डा मुनी गोलवद्ध हुन आवश्यक रहेको भनाई राखेका थिए ।
सप्तरी जिल्ला राजविराजका राष्ट्रवादी नेता, राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य एवं विशिष्ट अतिथि महामाया प्रसाद सिंहले नेपालको अस्तित्व आजसम्म सुरक्षित राजपरिवारको अमूल्य योगदान रहेकोले आगामी दिनमा संसद र सडक राष्ट्रवादीहरूको पकडमा जाने दावी गरे ।
त्यसैगरी राष्टवादी राजनीतिक जन जागरण अभियानका संयोजक पारुहाङ्ग कुथुमी राईले आगामी फागुन २० गते देखि राष्ट्रवादी आन्दोलनको विगुल फुक्ने बताउँदै राजसंस्था र हिन्दू अधिराज्य कायम गरेर मात्र यस अभियानले विश्राम लिने बताए ।
अभियानका धादिङ्ग जिल्ला संयोजक सूर्य दूतराजले एक नेपाललाई सातटुक्रा बनाएर विदेशी सामु नेपालीलाई गुलाम बनाउन चलखेल भइरहेको छ, यस कार्य प्रति खबरदारी गर्नुपर्नेमा जोड दिए ।
राप्रपा प्रजातान्त्रिकका सिन्धुपाल्चोक जिल्ला अध्यक्ष दावा लामा, स्थानिय नानु कुर्मीले, शिक्षावीद वनारसीलाल गुप्ता, नागरिक मूल समारोह समितिका महासचिव शंकर मघैया, स्थानिय युवा गोपाल मिश्र र बयोबृद्ध मुस्लीम समुदायका प्रतिनिधीहरू, राजाराम जयसवाल, रसुल गुलाम जज्जन, उमेश गुप्ता आदीले आफ्ना मनको भावना व्यक्त गरेका थिए ।
Categorized in समाज