काठमाडौं । काठमाडौं । प्रधानमन्त्री केपी शर्माले ओलीले पृथकतावादी सोच, माग र आन्दोलन समाप्त भएको दावी गरेका छन ।
प्रधानमन्त्री ओलीले सोमवार राष्ट्रिय सुरक्षा परिषदको १८ औं बार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रको अस्तित्व, एकता, जनताको सार्वभौमसत्ता र स्वाधीनताको प्रश्नमा जनमत संग्रह वा कुनै बहस नहुने बताएका छन ।
पृथकतावादी आन्दोल चलाईरहेका सिके राउतसँग भएको सम्झौतालाई लिएर जनमत संग्रह लगायतका अनेक टिक्काटिप्पणीहरु आएपछि प्रधामन्त्री ओलीले सो बारे पैष्ट पारेका हुन ।
स्वतन्त्र मधेसको नाममा आन्दोलनरत सिके राउतसँग २४ फागुनमा ११ बुँदे सहमति भएको थियो ।
प्रम ओलीले राउतसँग सम्झौताले एउटा पृथकतावादी सोच, माग र आन्दोलनलाई समाप्त गरेको पनि दाबी गरे ।
त्यसैगरी ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व पार्टीलाई लक्षित गरी समाजमा शान्ति, सुरक्षा खल्बलल्याउने कुरा राज्यलाई स्वीकार्य नहुने बताएका थिए ।
Categorized in राष्ट्रिय