१६ चैत्र २०८०, शुक्रबार
Header

पूर्व एसएसपी श्रेष्ठ बने महानगरको ट्राफिक विज्ञ सल्लाहकार


प्रकाशित: मंगलवार, २८ भाद्र २०७९, १९ः४० बजे
- महानगरखबर

काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जगतमान श्रेष्ठ काठमाडौं महानगरपालिकाको ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त भएका छन । 


महानगरको प्रमुखस्तरीय निर्णयअनुसार मंगलबार श्रेष्ठलाई नियुक्ति दिइएको महानगरको विभागिय प्रमुख महेश कुमार काफ्ले जानकारी दिए ।


श्रेष्ठलाई मंगलबारदेखि नै लागु हुने गरी विज्ञ सल्लाहकारको रूपमा नियुक्ति दिएको हो । 


महानगरले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरी ट्राफिक व्यवस्थापन गर्दै आएको छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD