१४ बैशाख २०८१, शुक्रबार
Header

पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई कोभिड संक्रमण


प्रकाशित: सोमवार, ३० फागुन २०७८, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामालाई कोभिड–१९ संक्रमण भएको छ । 


ओबामाले सामाजिक समाजिक सञ्जाल आफ्ना फेसबुक फेजमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन । 


उनले आफूलाई केही दिनदेखि घाँटीमा हल्का अप्ठेरो भएको भए पनि अरू अवस्था सामान्य रहेको उनले बताएका छन । पत्नी मिसेलको कोरोनाको रिपोर्ट भने नेगेटिभमा आएको पनि जानकारी दिए । 


ओबामा दम्पतीले कोरोनाविरूद्धको बुस्टर डोज पनि लगाइसकेका छन।


ओमिक्रोन भेरियन्टको संक्रमण कम हुँदै गएपछि अहिले अमेरिकामा दैनिक पाँच हजारको हाराहारीमा संक्रमित थपिने गरेका छन । 


अमेरिकामा अहिलेसम्म ८ करोड बढी मानिसमा कोरोना संक्रमण भएको छ भने ९ लाख ९३ हजारको मृत्यु भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD